Logo
Logo

मेस्सी पुनः बार्सिलोनामै फर्कने तयारीमा



काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लिओनल मेस्सी पुनः बार्सिलोनामै फर्किने भएका छन् । बार्सिलोना छाडेर पीएसजी गएका अर्जेन्टाइन स्टार मेस्सीले आफू पुनः बार्सिलोनामै फर्किनका लागि तयार भएको बताएका हुन् ।

प्राविधिक सचिवको रुपमा बार्सिलोना फर्किन आफू तयार भएको मेस्सीको भनाई छ । मेसीले पुनः बार्सिलोनामा फर्किएर क्लबको व्यवस्थापन टिममा रहने इच्छा व्यक्त गरेका छन् ।

‘मैले सधैं भनेको थिएँ कि म क्लबलाई जसरी पनि मद्दत गर्न चाहन्छु,’ स्पोर्टसँग कुरा गर्दै उनले भनेका छन्, ‘म प्राविधिक सचिव बन्न चाहन्छु ।’ तर उनले बार्सिलोनामै रहन्छु कि रहँदैन भन्ने कुरा आफैंलाई थाहा नभएको उनको भनाई छ ।

उनले भनेका छन्, ‘म क्लबमा फर्केर सक्दो योगदान गर्न चाहन्छु । किनभने म बार्सिलोनालाई माया गर्छु र उनीहरूलाई राम्रो गर्दै विश्वको उत्कृष्ट बनाउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्