त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईँ « Drishti News – Nepalese News Portal
Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईँ


दृष्टि संवाददाता


काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईँले जिम्मेवारी पाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले एभिएशन सेफ्टी एण्ड सेक्युरिटी विभाग प्रमुख रहेका गुरागाईँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको हो ।

प्राधिकरणले विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई सरुवा गरी कर्मचारी प्रशिक्षण प्रतिष्ठान प्रमुखको जिम्मेवारी दिएको छ । हाल प्रतिष्ठान प्रमुख रहेका देवचन्द्रलाल कर्णलाई प्राधिकरणमा ल्याइएको छ । जिम्मेवारी हेरफेर आजैबाट लागू हुने प्राधिकरणले जनाएको छ ।

एक साताअघि प्राधिकरणको महानिर्देशक बनेका राजकुमार क्षेत्रीले विभिन्न विभागमा जिम्मेवारी हेरफेर गरेका छन् । यसअघि प्राधिकरणका निर्वतमान महानिर्देशक राजन पोखरेलले प्राधिकरणबाट बाहिरिने क्रममा कर्मचारीको सरुवा गरेका थिए ।

मन्त्रिपरिषद्को यही कात्तिक ९ गते भएको बैठकले क्षेत्रीलाई महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्