Logo
Logo

गणतन्त्र उल्ट्याउन ओलीले ज्ञानेन्द्रसंग गोप्य वार्ता गरेको प्रचण्डको खुलासा (भिडियो)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीले गणतन्त्र उल्ट्याउन पूर्वराजा ज्ञानेन्द्रसँग गोप्य वार्ता गरेको खुलासा गरेका छन् ।

प्रचण्डले सोमबार (आज) किर्तिपूरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा ओलीले अहिलेसम्मको परिवर्तन उल्टाउन खोजेको आरोप लगाएका हुन् । ‘अस्ति ज्ञानेन्द्रका केहि मान्छेहरुसँग भेटेर ओलीले भनेछन्, मलाई जिन्दगीभरी यो गणतन्त्र मनै परेको होईन यो बाध्य भएर गरेको हो । त्यसरकाण मौका आयो भने यो उल्ट्याउने हो भनेछन्’, अध्यक्ष प्रचण्डले भने ।

एकवर्ष यता कम्युनिष्ट नामधारी प्रतिक्रियावादीविरुद्ध लड्न बाध्य भएको भन्दै प्रचण्डले ओलीले पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर गणतन्त्र उल्ट्याउने कुरा गरेको सूचना आफूले पाएको दाबी गरे ।

देश खाक्रो बनाएर पुरानो व्यवस्थामा नै लैजान खोज्ने प्रवृत्ति घातक रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने षड्यन्त्र गर्नु आफै पतन हुने काम भएको प्रचण्डले जिकिर गरे ।

देशमा आएको परिवर्तन प्रतिक्रियावादीलाई सैह्य भएन र सुरुवातदेखि नै षड्यन्त्र गरेर दुई तिहाइको शक्तिशालि पार्टी फुटाएको र जनआन्दोलन विद्रोहको नाइकेलाई षडयन्त्रकारीले चलाउन नसक्ने प्रचण्डको भनाई छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्