Logo
Logo

एक लाख नगदसहित १५ जुवाडे पक्राउ



दमौली । आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरस्थित क्विन वि रेष्टुरेण्टमा कौडा खेलिरहेका अवस्थामा १५ जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको टोलीले १५ जुवाडे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रकाश खनाल, मेखबहादुर गुरुङ, विनय गुरुङ, देवेन्द्र सेढाईँ, नारायण गुरुङ, तुलबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, विकास गुरुङ, प्रितम गुरुङ, गङ्गाराम मिश्र, अन्जन गुरुङ, आशिष गुरुङ, शिवराज गुरुङ, पूर्णबहादुर गुरुङ र खड्कबहादुर गुरुङ रहेको प्रनाउ तिमिल्सिनाले जानकारी दिए ।

निजहरुबाट एक लाख १३ हजार नगद, १६ थान कौडा बरामद गरिएको छ । पक्राउ परेका विरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालयबाट जुवासम्बन्धी कसुरमा म्याद थप गरिएको छ । दिउँसोदेखि लगाताररूपमा ठूलो धनराशिमा कौडा खेलेको गोप्य सूचनाका आधारमा प्रहरीले घर खानतलासी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्