चितवन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले एमालेमा केपी ओली रहँदासम्म निःशर्त साथ दिने बताएका छन् ।
सोमबार चितवनमा नेकपा एमाले भरतपुर महानगर कमिटीको आज आयोजित प्रथम महानगर अधिवेशन उद्घाटन सत्रमा बोल्दै नेता साहले केपी ओली देशको नै केन्द्र भएकाले उनलाई जीवनभर साथ दिन तयार भएको बताएका हुन् ।
उनले ओलीको मनभित्र तराई, मधेश, हिमाल र पहाड भएकोले उनलाई सबैले साथ दिनुपर्ने बताए । राष्ट्रियतालाई एकीकृत गरेर लैजाने क्षमता ओलीमा भएको पनि उनले जिकिर गरे । उनले ओलीको प्रशंसा गर्दै कम्युनिष्ट हुनुमा गर्व गर्नसक्ने अवस्था केपी ओलीको बनाएको बताए ।
प्रदेश २ केपीमय बन्ने भन्दै आगामी निर्वाचनमा आफूहरुले एमालेको तागत देखाउने साहले बताएका छन् ।
उनले महाधिवेशन भइरहेको अवस्थामा पार्टीले जिल्लाको तागत देखाउनुपर्ने समय आएको बताए ।














