Logo
Logo

अनलाइन सेवाका नाममा सेवाग्राहीलाई सास्ती



काठमाडौं । सेवाग्राहीहरूलाई छिटोछरितो सेवा दिने उद्देश्यले मालपोत कार्यालयहरूले सुरु गरेको अनलाइन सेवाले उल्टै सेवाग्राहीहरूलाई सास्ती दिन थालेको छ । अनलाइन सेवा सुरु गरिएका मालपोत कार्यालयहरूमा अनलाइनबाटै जग्गाको स्वामित्व हस्तान्तरणका लागि निवेदन तथा लिखत भर्नुपर्ने व्यवस्था गरिएको छ ।

अनलाइनबाट भरिएको निवेदनलाई मालपोत कार्यालयका कर्मचारीहरूले अनलाइनबाटै पास गर्ने व्यवस्था गरिएको छ । तर, भूमि व्यवस्थापन विभागले देशभरका मालपोत कार्यालयमा सुरु गरेको अनलाइन सेवा तथा सफ्टवेयरमा छिटोछिटो समस्या आउने गरेको छ। यहाँसम्म कि सोमबार र बुधबार सफ्टवेयर करिब बन्द जस्तै हुने, बन्द नभए पनि निकै सुस्त हुने सेवाग्राहीको गुनासो छ ।

भूमि व्यवस्थापन विभागका अनुसार सबैभन्दा बढी जग्गाको काराबारो सोमबार र बुधबार हुन्छ । सोमबार र बुधबार शुभ दिन मानिएकाले यस दिन जग्गाको कारोबारो बढी हुने लेखापढी व्यावसायीहरू बताउँछन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्