Logo
Logo

जलवायु संकटबारे छलफल गर्न विश्वका नेता एउटै मञ्चमा



काठमाडौं । विश्वका नेताहरूले जलवायुु परिवर्तनले ल्याएको गम्भीर चुनौतीसँग जुध्न सहकार्य र एकताको आवश्यकता औंल्याएका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २६औं सम्मेलन (कोप–२६) को दोस्रो दिन र सोमबार सुरु भएको दुई दिवसीय वल्र्ड लिडर समिटको पहिलो दिन आफ्ना भनाइ राख्दै उनीहरूले जलवायु परिवर्तनलाई सम्बोधन गर्न तत्काल काम हुन नसके आगामी पिँढीका लागि ढिलो हुने धारणा राखे ।

एक आयोजक राष्ट्र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोप-२६ असफल भए नियन्त्रण गर्न नसकिने व्यापक जनआक्रोश सिर्जना हुने चेतावनी दिए । ‘हामीले वार्ता र विवादबाट माथि उठेर कोइला, कार, नगद र रूख (कोल, कार, क्यास एन्ड ट्रिज) को विषयमा प्रभावकारी काम गर्नुपर्ने बेला आएको छ,’ विश्वका झन्डै २ सय नेता सहभागी सम्मेलनमा उनले भने, ‘हामी अहिले गम्भीर बनेनौं भने हाम्रा आगामी पिँढीका लागि यसो गर्नु ढिलो हुनेछ ।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटेरेसले पेरिस सम्झौतापछिको ६ वर्ष सबैभन्दा तातो वर्ष भएको उल्लेख गर्दै खनिज इन्धनको व्यापक प्रयोगलाई तत्काल रोक लगाउनुपर्नेमा जोड दिए। ‘अपेक्षाअनुसार भए पनि (वेस्ट केसमा) शताब्दीको अन्त्यसम्म २ डिग्री बढ्नेछ, यो असफलता मृत्युदण्डसरह हुनेछ,’ उनले भने ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्