Logo
Logo

प्रदेश १ मा राजेन्द्र राईले आज मुख्यमन्त्रीको सपथ लिंदै



काठमाडौं । प्रदेश १ मा आज राजेन्द्र राई मुख्यमन्त्री बन्दै छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’का अनुसार उनको सपथ आज दिउसो २ बजे पछि हुने कार्यक्रम छ ।

सोमबार निवर्तमान मुख्यमन्त्री भिमप्रसाद आचार्यले प्रदेश प्रमुखसंग गरेको राजिनामा गरेसंगै नयाँ सरकार गठन गर्न ‘प्यासी’ आह्वान गरेका थिए ।
त्यसपछि विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले प्रदेश प्रमुखको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए ।

विपक्षी गठबन्धनले ४९ जना सांसदको हस्ताक्षरसहित राईलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष दाबी पेश गरिसकेका छन् ।

नयाँ सरकार बनाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका गरी जम्मा ४९ जना सांसदले हस्ताक्षरसहितको पत्र बुझाएका थिए ।

माओवादी केन्द्रबाट निवर्तमान उपसभामुख सरस्वती पोखरेल मातृसोकमा रहेका कारण उनको हस्ताक्षर भने छैन । तर उनको समर्थन रहेको छ । त्यसो गर्दा गर्दा राईको पक्षमा ५० जनाको समर्थन रहेको छ । नयाँ सरकार गठनका लागि ४७ जनाको मत आवश्यक पर्छ । राईले मुख्यमन्त्रीको सपथ लिएलगतै तत्काल मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्