Logo
Logo

सीता एयरको जहाज बँदेलसँग ठोक्किएर दुर्घटना



काठमाडौं । सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा दुर्घटनामा परेको छ ।

उक्त जहाज बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो । आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् ।

जहाजको अगाडिको टायरमा भने प्वाल परेको छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्