Logo
Logo

डिभीको नतिजा आज बेलुका


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ बैशाख ।
अमेरिकामा स्थायी बसोबासको माध्यम बनेको अमेरिकी डाइभरसिटी भिसा(डिभी)को नजिता आज प्रकाशित हुने भएको छ ।

काठमाडौंस्थित अमेरिकी दुतावासका अनुसार नेपाली समय बेलुका पौने १० मा नजिता सार्वजनिक हुने छ । नजिता डिभीलोटरी डट स्टेट डट जिओभी https://www.dvlottery.state.gov/ मा हेर्न सकिने दुतावासले जनाएको छ ।
हरेक वर्ष हजारौं नेपालीले डिभी भर्दछन् । एक लाख भन्दा धेरै नेपाली डिभीबाट अमेरिका पुगेका छन् । विकासोन्मुख देशका नागरिकका लागि अमेरिकाले डिभी खुलाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्