Logo
Logo

हिमाल आरोहणमा गएका तीन जना फ्रान्सेली नागरिक ६ दिनदेखि बेपत्ता



काठमाडौं । हिमाल आरोणमा गएका तीन जना फ्रान्सेली नागरिक ६ दिनदेखि बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालको भनाई छ । उनीहरु आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडीशन प्रालिमार्फत गत असोज १८ खाङतेका हिमाल आरोहणका लागि गएका थिए ।

प्रहरीका अनुसार तीनै जना यही कात्तिक ९ गतेदेखि सम्पर्कविहीन बनेपछि खोजीकार्य जारी राखेको छ ।

बेपत्ताको खोजीका लागि सोमबारदेखि कैलाश एयरको हेलिकोप्टर प्रयोग गरिएको छ । एउटै समूहमा गएकामध्ये अन्य पाँच जना भने सम्पर्कमा आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्