Logo
Logo

ओलीप्रति रेनुको कटाक्ष: सबै गर्ल्यामगुर्लुम ढल्यो त !



काठमाडौं । भरतपुर महानरगपालिकाका प्रमुख रेनु दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादीकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएको भएको भन्दै ठुला कुरा नगर्न चेतावनी दिएकी छन् ।

नेकपा (मााओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री समेत रहेकी दाहालले ओलीप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा भनेकी छन्, ‘इतिहासमा दुई पटक प्रधानमन्त्री माओवादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला !’

तस्विर : नारायणी अनलाईनबाट साभार

विगतमा ओलीको लागि भोट माग्दै प्रचण्ड झापासम्म पुगेको स्मरण गर्दै दाहालले सोही बेला आफ्नो भाइ गुमाउनु परेको समेत उल्लेख गरेकी छन् ।

‘ओलीलाई भोट माग्न ओलीको क्षेत्रमा ओलीसहित अध्यक्ष प्रचण्ड झापा जाँदा घरमा आमा मात्र, त्यहीपनि पार्किन्सनको बिरामी’, दाहालले फेसबुकमा भनेकी छन् । ‘भाइको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुःखद घटना घट्यो । घरमा परिवारका सदस्य कोही पनि नभएको बेला र सबै आ–आफ्नो चुनावी मैदानमा ।’

माओवादीसँगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको दाहालले जिकिर गरेकी छन् । ‘झन्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो ? हो भने हामीले साथ छोडिदिँदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त । धेरै नै फुर्ती लाउनेले अब बनाएर देखाए भो त।’

प्रतिक्रिया दिनुहोस्