Logo
Logo

तामाङ पत्रकार सङ्घको धमाधम जिल्ला शाखा अधिवेशन



बनेपा । तामाङ पत्रकार सङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा जिल्ला शाखाको अधिवेशन हुने क्रम तीव्रगतिमा भइरहेको छ । सङ्घको गतभदौ ५ गते बसेको केन्द्रीय समितिको बैठकले यही कात्तिक १५ गतेभित्रमा सबै जिल्ला शाखाको अधिवेशन सम्पन्न गर्ने निर्णयानुसार अधिकांश जिल्ला शाखाले अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ ।

सङ्घका अनुसार अहिलेसम्ममा सात जिल्लामा अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न रामेछाप जिल्ला अधिवेशनले सचेत घिसिङको अध्यक्षतामा सात सदस्यीय समिति निर्वाचित भएको छ । उपाध्यक्षमा दीपक लामा, सचिवमा रजिना घिसिङ, कोषाध्यक्षमा निशा मोक्तान र सदस्यमा क्रमशः एलिना घिसिङ, विनुमाया तामाङ र उोमन मोक्तान छन् ।

चितवन शाखाको तेस्रो जिल्ला अधिवेशनले बविलाल तामाङको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको छ भने ललितपुर शाखा अध्यक्षमा प्रकाश थिङको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । त्यस्तै धादिङ, उदयपुर, मकवानपुरलगायतसात जिल्ला शाखाको अधिवेशन सम्पन्न भएको सङ्घका केन्द्रीय अध्यक्ष विष्णु मोक्तानले जानकारी दिए ।

गत सोमबार मात्रै सिन्धुपाल्चोक शाखा गठन गरिएको छ ।सङ्घका महासचिव र केन्द्रीय सदस्य नेत्र तामाङका उपस्थितिमा भएको भेलाले प्रितम गोले तामाङका अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । शाखाका उपाध्यक्षमा अश्म तामाङ, सचिवमा रर्साङ तामाङ र कोषाध्यक्षमा सञ्जय तामाङ पाख्रिन रहेका छन् ।

त्यस्तै सदस्यमा आस्मान लोप्चन, विपना तामाङ, फूलमान तामाङ, प्रकृति थिङ, निमा पाख्रिन र सीमा तामाङ छन् । भेलाले बागमती प्रदेश प्रतिनिधिमा शान्ति तामाङ र प्रकृति थिङलाई चयन गरेको छ भने केन्द्रीय प्रतिनिधिका लागि लालकाजी तामाङ र कमला पाख्रिनलाई चयन गरेको छ । अन्य जिल्लामा अधिवेशन हुने क्रम जारी छ ।

सङ्घले कात्तिक ३० गतेभित्रका सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने र छैटौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ गते काठमाडौँ सम्पन्न गर्ने भएको छ । सङ्घको देशभरि १९ वटा शाखा र प्रवासमा दक्षिण कोरिया शाखा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्