Logo
Logo

प्रधानन्यायाधीशको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले मंगलबार तेश्रो दिन पनि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।

नेपाल बार एशोसिएसनको अगुवाइमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले ब्यानर बोकेर कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । न्यायलयलाई ध्वस्त पार्ने काम प्रधानन्यायधिशबाट भएकाले राजीनामा दिनुपर्ने भन्दै विरोध भइरहेको हो ।

विरोध कार्यक्रममा बरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नै उचित निकास भएको बताए । उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई एक दिन पनि पदमा राख्न नहुने बताए ।

त्यस्तै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा भएको बताए । अधिवक्ता अर्यालले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए प्रतिवाद गर्ने धारणा राखे ।

त्यस्तै सर्वोच्च बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा नआए अझ चर्को आन्दोलनको कार्यक्रम गर्ने चेतावनी दिए ।

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एसोसिएसनको अभियान अन्तर्गत कानून व्यवसायीहरुले यसअघि कात्तिक १४, १५ र १६ गते कालोपट्टीसहितको विरोध कार्यक्रम गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्