Logo
Logo

बेलायत, अमेरिका र भारतको लागि सिफारिस भएका राजदूतको सुनुवाई प्रक्रिया अघि बढ्यो



काठमाडौं । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले बेलायत, अमेरिका र भारतको लागि सिफारिस भएका राजदूतको सुनुवाई प्रक्रिया अघि बढाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सरकारबाट सिफारिस भएका राजदूतका बिरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

केहिदिनअघि बसेको मन्त्रीपरिषद् बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन १० दिने सूचना आह्वान गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

१० दिनको समयपछि प्रस्तावित राजदूतहरुमाथिको थप सुनुवाई अघि बढ्ने सभापति कर्णले बताए । सुनुवाई समितिबाट प्रस्तावित नाम अनुमोदन भए राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्