Logo
Logo

प्रदेश १ मा मन्त्रिपरिषद् गठन, को–को बने मन्त्री ?



विराटनगर । प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको छ । मंगलबार नै मुख्यमन्त्रीमा नियुक्ति भएका राईको नेतृत्वको मन्त्रिपरिषदमा थप ५ जना मन्त्री नियुक्त गर्ने सहमति भएको छ ।

गठबन्धन दलबीच भएको सहमतिअनुसार सहमति अनुसार कांग्रेसले २, माओवादीले १, जनता समाजवादीले १ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई एउटा राज्यमन्त्री दिइनेछ ।

जसअनुसार कांग्रेस संसदीय दलका नेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसकै सांसद केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद बिष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्ने सहमति बनेको हो ।

प्रतिक्रिया दिनुहोस्