Logo
Logo

ओली देशका लागि अभिषाप हुन् : माधव नेपाल



रौतहट । नेकपा एकीकृत समाजवादिका माधव कुमार नेपालले केपी ओली देशको लागि अभिषाप भएको बताएका छन् । नेकपा एमालेका अध्यक्ष ओलीको कारण देशले दुःख पाएको बताउँदै नेता नेपालले देशलाई ओली प्रवृत्तिबाट मुक्त बनाउनुपर्ने बताएका छन् ।

हावादारी गफ मात्रै गर्ने र झुठ बोलेर देश र जनतालाई ओलीले झुक्याइरहेको उनको आरोप छ । गृह जिल्ला रौतहटमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले अबको निर्वाचनमा पाँच दलको गठबन्धनले एकताबद्ध रुपमा चुनाव लड्ने बताए ।

निर्वाचनमा गठबन्धले मिलेर भाग लिने तथा सोही अनुरुप उम्मेदवार बनाउने उनले बताए । चुनावमा तालमेलका लागि पाँच दलका नेताहरु बसेर छलफल गर्ने अध्यक्ष नेपालले बताए । प्रधानन्यायधीशको विवादको विषयमा गठबन्धनका नेताहरु बसेर छलफल गर्ने बताउँदै नेता नेपालले प्रधानमन्त्री विदेशबाट फर्किएपछि छलफल हुने जानकारी दिए ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण देशमा समस्याहरु उत्पन्न भएको उनको तर्क छ । संचारकर्मीहरु सँग कुरा गर्दै नेता नेपालले अहिले अर्ली इलेक्सनको आवश्यकता नभएको बताए । निर्वाचन कानुनले तोकेकै समयमा हुन्छ । अहिलेको चुनाव एकदमै खर्चिलो हँुदै गएकोले अब तिनै तहको निर्वाचन एकै साथ गर्ने पक्षमा आफू रहेको उनले बताए । ओलीले घरघरमा ग्यासको पाइप, पानी जहाज, रेल लगायतका दर्जनौँ झुठो घोषणा गरेको उनको आरोप छ । प्रदेश २ को विकासका लागि आफूले सक्दो पहल गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्