Logo
Logo

प्रदेशको नामाकरण पहिलो प्राथमिकता : मुख्यमन्त्री राई



विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

सपथग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले प्रदेशको नामाङ्कन पहिलो प्राथमिकतामा राख्ने बताएका हुन् । उनले भने– ‘प्रदेशले नाम पाउन सकेका छैन । त्यो हामी दिन्छौं । हाम्रो पहिलो प्राथमिकता नामाङ्कन हो ।’

कात्तिक २५–२६ गते भित्रै विश्वासको मत लिने बताउँदै मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि मात्र बाँकी मन्त्रिपरिषद् विस्तार गर्नेसमेत बताएका छन् । उनले भने– ‘कामको आवश्यकताको हिसावले र गठबन्धनको सहमतिको आधारमा मन्त्रालयको संख्या अलिकति बढाउनुपर्नेछ, त्यसपछि हामी मन्त्रिपरिषद् विस्तार गर्छौं ।

मुख्यमन्त्री राई सँगै आज आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, भौतिक पूर्वाधारमन्त्री हिमाल कार्की, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जसपाबाट जयराम यादव र सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाङ्फेले शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्