काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनका अनुसार सङ्क्रमित शून्य रहेका जिल्लामा मनाङ, हुम्ला र मुगु छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५५ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट स्वास्थ्य लाभ गरेका छन् ।
योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९२ हजार ८३२ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ ।
यसैगरी आज कोरोना सङ्क्रमणबाट ११ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४२७ को निधन भएको छ ।
मङ्गलबार ८० हजार ८१८ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ८६ लाख ७९ हजार १९८ ले पहिलो मात्रा र ७३ लाख २४ हजार ९२९ ले पूर्ण मात्रा खोप लगाएका छन् ।














