Logo
Logo

२०औँ राष्ट्रिय पुरुष खुला कराँते २७ वैशाखदेखि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ वैशाख । २०औँ राष्ट्रिय पुरुष खुला तथा १३औँ राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ ।
नेपाल क्योकुसिन कराँते डो संघको आयोजनामा हुने दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनी कभर्ड हलमा सञ्चालन गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले जानकारी दिए ।
प्रतियोगितामा सातवटै प्रदेशबाट गरी पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ प्रथम हुनेले रु ३० हजार, दोस्रो हुनेले रु १५ हजार, तेस्रोले रु सात हजार ५०० र चौथो हुनेले रु तीन हजार ५०० प्राप्त गर्नेछन् ।
यस्तै महिलातर्फको स्पर्धामा पहिलो हुनेले रु १० हजार, दोस्रोले रु पाँच हजार, तेस्रोले रु दुई हजार ५०० र चौथो हुनेले रु एक हजार प्राप्त गर्ने मानन्धरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्