Logo
Logo

राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति ९ बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ । मंगलबार सूचना जारी गर्दै काठमाडौं प्रशासनले तिहारमा राति ९ बजेसम्‍म मात्रै देउसी भैलो खेल्न समयसीमा तोकेको हो ।

कोरोना संक्रमणलाई मध्‍यनजर गर्दै राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने काठमाडौं प्रशासनले जनाएको छ ।

प्रशासनले देउसी भैलो कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न र गराउन तथा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील विष्फोटक पदार्थ विक्रीवितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ । त्यस्तो पाइएमा कानून बमोजिम कारबाही गर्ने काठमाडौं प्रशासनले चेतावनी दिएको छ ।

यसैगरी प्रशासनले मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वमको समयमासार्वजनिक स्थलमा होहल्ला, झगडा नगर्न सचेत गराउँदै त्यस्ता गतिविधि गरेमा कारबाही गर्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्