Logo
Logo

पाकिस्तानको मस्जिदमा बम बिस्फोट, ४ को मृत्यु, १५ घाइते


- दृष्टि न्युज/संवाददाता


Photo By AFP

लाहोर, २५ बैशाख (एएफपी) । पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् ।
प्रहरीले बम बिस्फोटको अनुसन्धान शुरु गरिसकेको जनाएको छ । मस्जिदभित्र महिलाहरु प्रवेश गर्ने मूलद्वार नजिकै बिस्फोट भएको छ । यही मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थियो । उक्त आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
इस्लामिक लडाकूहरुले पाकिस्तानमा प्रायः सुफी सम्प्रदायका व्यक्तिमाथि आक्रमण गर्ने गरेका छन् । पटकपटक आक्रमण हुन थालेपछि पाकिस्तान सरकारले यस मस्जिदमा सुरक्षा व्यवस्था कडा बनाएको थियो ।
स्थानीय प्रहरी अधिकारी मुहम्मद काशिफले घटनाको प्रकृति हेर्दा आत्मघाती आक्रमण देखिएको बताए । उनले प्रहरीको सवारीमाथि लक्षित गरी आक्रमण भएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्