Logo
Logo

लोकल कुखुरामा बर्डफ्लु, १ सय ५० कुखुरा नष्ट गरियो


- दृष्टि न्युज/संवाददाता

0
Shares


नवलपुर, २५ बैशाख । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२ नन्दपुरका स्थानीयले पालेका स्थानीय लोकल जातका कुखुरामा बर्डफ्लु भेटिएपछि नष्ट गरिएको छ ।
स्थानीय पिताम्बर महतोले पालेका लोकल कुखुरामा बर्डफ्लु देखिएको हो । महतोले पालेका १ सय ५० लोकल कुखुरामध्ये ७५ प्रतिशत बढी मरेपछि उनले केन्द्रीय पंक्षी प्रयोगशाला चितवनमा नमूना परीक्षणका लागि लगेका थिए ।
उक्त नमूनालाई केन्द्रीय भेटेरिनरी प्रयोगशाला काठमाडौंले समेत प्रमाणित गरेपछि मन्त्रीस्तरको निर्णयअनुसार कुखुरा र पंक्षीजन्य वस्तुलाई बुधबार बिहान नष्ट गरिएको मध्यविन्दु नगरपालिका पशु विकास शाखाका प्रमुख डा.श्यामकृष्ण तिवारीले जनाएका छन् ।
बर्डफ्लु नियन्त्रण गर्नका लागि नन्दपुर गाउँको १ किमि क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो । सोक्रममा १ सय ८१ गोटा लोकल कुखुरा, ६५ गोटा हाँस, दाना, अण्डा र कुखुराका सुली नष्ट गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्