Logo
Logo

मिठाइ पसलमा अनुगमन



काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले आफ्नो बजार क्षेत्रमा अनुगमन गरेको छ । नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक अन्जना देबी मधिकर्मीको नेतृत्वमा मध्यपुर थिमि नगरपालिका क्षेत्र भित्रका वडा न ४ र वडा न ६ का विभिन्न मिठाई पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा टोलीले मध्यपुर थिमि ४ शंखधर चोकस्थित विभिन्न मिठाई पसलहरू तथा बाहखा बजारस्थित केही मिठाई पसलहरूमा अनुगमन गरेको थियो । टोलीले शंखधर चोकस्थित कोलकत्ता स्वीट्स, लक्ष्मी स्वीट्स एण्ड चाट हाउस, बैष्णबी स्विटस एण्ड चाट हाउस, शिव मिठाई भण्डार, भवानी स्वीट्स , धनुषा एण्ड धनुषा मिठाई भण्डार, शंखधर मिठाई पसल र केही फुटपाठमा सन्चालित तिहार बिशेष पसलहरूमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अधिकांश मिठाई पसलहरुमा गुणस्तरहिन रंग प्रयोग गरेको र बढी मात्रामा प्रयोग गरीएको, खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र नलिईकन प्याकिङ सामान बिक्री गरिएको, सरसफाइमा लापरबाही गरिएको, खाद्य पदार्थमा नापतौल मिश्रण र मूल्यसूचीविना बिक्री गरिएको पाइएको थियो ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्