Logo
Logo

देउवा-मोदी भेटले विश्वासको वातावरण बन्ला ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार स्कटल्यान्डको ग्लास्गोमा गरेको द्विपक्षीय भेटवार्ताले नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक र कूटनीतिक माध्यमबाट अघि बढ्ने संकेत गरेको छ ।

भेटवार्ताका क्रममा आपसी सम्बन्ध बलियो बनाउन देउवा र मोदीले जनाएको प्रतिबद्धताले पनि सकारात्मक सन्देश दिएको कूटनीतिज्ञहरू बताउँछन् ।

सीमा विवाद, दार्चुलाको तुइन र हेलिकोप्टर उडान घटनालगायतका कारण नेपाल–भारत सम्बन्ध सौहार्द बन्न नसकिरहेकै बेला कोप–१६ को सन्दर्भ पारेर देउवा र मोदीले भेटवार्ता गरेका हुन् ।

देउवा सरकारको नेतृत्वमा आएपछि नेपाल र भारतका सरकार प्रमुखहरूबीच ग्लास्गोमा पहिलो पटक द्विपक्षीय भेटवार्ता भएको हो । दुवै मुलुकका सरकार प्रमुखले ग्लास्गोमा सहभागिता जनाउने भएपछि नेपालका तर्फबाट मोदीसँग भेटवार्ता गर्न पत्राचार गरिएको थियो, जसलाई मोदीले सहर्ष स्वीकार गरेका थिए ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्