Logo
Logo

टेकुबाट एक जना भारतीय नागरिक पक्राउ


1.3k
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिका–१२ टेकुबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई प्रहरीले पटाकासहित एक पक्राउ गरेको हो ।

शनी कस्मेटिक पसलका सञ्चालक भारत मोतिहारीका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई पटाकासहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनको पसलबाट करिब २३ किलो कोब्रा पटाकासमेत बरामद गरिएको छ ।

उनलाई बुधबार पक्राउ गरिएको हो। हाल उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्