Logo
Logo

‘सत्तारुढ गठबन्धन आगामी चुनावसम्म कायम गर्नुपर्छ’



मोरङ । सत्तारूढ पार्टीहरुको गठबन्धन आगामी चुनावसम्म कायम गर्नुपर्ने स्थानीय तहका विभिन्न राजनीति दलका प्रतिनिधिहरुले आवाज उठाएका छन् ।

बुधबार मोरङ्को पथरी शनिश्चरेमा दिपावली, बलिहाङ तङ्नाम, पार्वा, नेपाल सम्बत, छठ, ख्रीस्टमस, चासोक तङ्नामको अवसरमा जसपा नगर समितिले आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका नगर उपसभापति केबि गुरुङ, माओवादी केन्द्रका नगर उपाध्यक्ष गोबिन्द कटुवाल, नेकपा एकीकृत समाजबादीका नगर अध्यक्ष तुलसी ढकाल, जनता समाजबादी पार्टी, नेपाल (जसपा)का नगर अध्यक्ष फिपराज बेघाले सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि जनता समाजबादी पार्टी, नेपालका प्रदेश अध्यक्ष प्रबिण चाम्लिङ्ले पथरी शनिश्चरेमा मात्रामा मात्र होइन, प्रदेशको १ सय ३७ स्थानीय तह, देशैरि नै मोर्चा बन्दी गर्नुपर्ने बताए ।

उनले गठबन्धनको सरकारले कायापलट गर्छ भनेर नसोच्नु अग्रह गरेका छन्, उनले भने, ‘यो गठबन्धनको सरकार रहेकोले कायापलट गर्छ भनेर सोच्नु भएको होला । यो मोर्चाको सरकार हो, सङ्कटको सरकार हो ।’ सत्तारूढ दलहरुको आआफ्नो बिचार भएकोले आफ्नो पार्टीले सोचे जस्तो सरकारले काम गर्न नसक्ने उनको भनाइ थियो । कार्यक्रममा जसपा प्रदेश सचीव भरत दाहालले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्