Logo
Logo

कसरी ट्रोलको शिकार भइन् प्रियंका ? यस्तो छ कारण !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ बैशाख । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिखेर सामाजिक सञ्जालमा ट्रोल बनेकी छन् । हलिउडमा समेत केही फिल्म गरिसकेकी प्रियंका बलिउड र हलिउडमा मात्र नभएर नेपाली शोसल मिडिया युजरमाझ समेत ट्रोल बनिरहेकी छन् । यसरी ट्रोल तथा भाइरल हुनको कारण अरु केही नभएर उनको हेयर स्टाइल हो ।


गएको सोमबार न्युयोर्कमा सम्पन्न विश्वकै सबैभन्दा ठूलो फेसन इभेन्ट मानिने ‘मेट गाला फेसन’मा प्रियंका नयाँ हेयरस्टाइलमा देखिइन् । जहाँ विश्वभरका चर्चित अभिनेता, अभिनेत्री, गायक गायिका, खेलाडी तथा अन्य प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । मेटगाला सबैभन्दा महँगो टिकट लिइने कार्यक्रम पनि हो । उक्त इभेन्टमा पूर्वमिस वल्ड समेत रहेकी प्रियंका पनि सहभागी भइन् । तर, उनको हेयरस्टाइलले गर्दा अन्ततः उनी ट्रोलको शिकार भएकी छन् ।


‘मेट गाला–२०१९’को रेड कार्पेटमा आफ्ना पति अमेरिक गायक निक जोनससँग यही सोमबार साँझ सम्पन्न कार्यक्रममा प्रियंकाले गरेको मेकअप र हेयरस्टाइललाई लिएर धेरैले उडाए । यतिसम्म कि उनको हेयरस्टाइललाई लिएर मानिसहरुले जोक समेत बनाइरहेका छन् । तर, अहिलेसम्म प्रियंकाले आफ्नो स्टाइल र फिडब्याकबारे केही बताएकी छ्रनन् ।

प्रतिक्रिया दिनुहोस्