Logo
Logo

प्रधानमन्त्री देउवाको निम्तोमा भारतीय समकक्षी नरेन्द्र मोदी नेपाल आउँदै



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारती प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् ।

स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी कोप–२६ सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री देउवा र भारती समकक्षी मोदीबीच भेटा वार्ता भएको थियो । उक्त भेटमा प्रधानमन्त्री देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

सम्मेलनबाट स्वर्देश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले भने– ‘मैले उहाँलाई नेपाल आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत छ भनेँ । तपाईं पशुपति जानुहुन्छ मुक्तिनाथ जानुहुन्छ, धार्मिक भ्रमण हुन्छ भनेँ । उहाँ नेपाल आउन तयार छु भन्नु भन्नुभयो । उहाँले पनि मलाई भारत भ्रमणको निम्तो दिनुभयो ।’

प्रधानमन्त्री देउवाको आग्रहमा भारतीय समकक्षी मोदीले हुन्छ भने पनि मोदीको भ्रमणबारे बाँकी कुरा भने भएन । दुई समकक्षीबीच निम्तो आदान प्रदान भएपछि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका लागि नेपाल सरकारले आवश्यक प्रकृया थाल्ने बुझिएको छ । भारतीय प्रधानमन्त्री मोदी यसअघि दुई पटक नेपाल भ्रमणमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्