Logo
Logo

सामुद्रिक आँधी ‘फानी’बाट १६३ घाइते, सबै सञ्चार सम्पर्क अबरुद्ध


- दृष्टि न्युज/संवाददाता


भुवनेश्वर, २५ बैशाख (एएनआई) । भारतको उडिसा राज्यको भुवनेश्वर र पुरीमा जारी सामूद्रिक आँधी ‘फानी’का कारण एकसय ६३ जना घाइते भएका छन् ।
पुरीमा एकसय ६० र भुवनेश्वरमा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका क्रममा अस्पताल भर्ना गरिएको राज्यको आकस्मिक सेवा केन्द्रले जानकारी दिएको छ ।
यस आँधीका कारण पसलहरु र पुरीमा रहेका मोबाइल फोन लगायत अरु सबै सञ्चार सम्पर्क अबरुद्ध भएको छ । उडिसाको पुरी, गान्जाम, कटाक र बालासोरे जिल्लामा करिब १४ लाख १८ हजारलाई फानी प्रभावित स्थानबाट सारी अन्यत्रै लगिएको छ । पुरीमा गत शुक्रबारदेखि फानीको प्रकोप शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्