Logo
Logo

महाशक्ति राष्ट्र प्रमुखसमक्ष देउवाको गर्विलो उपस्थिति



काठमाडौं । प्रधानमन्धी शेर बहादुर देउवा ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औं सम्मेलन (कोप २६) मा भाग लिइ आज विहीबार नेपाल फर्किएका छन् । २० जनाको जम्बो प्रतिनिधिमण्डल लिएर बेलायत आएका देउवाले सम्मेलनमा जलवायु परिवर्तनका सम्बन्धमा नेपालको धारणा प्रष्ट रुपमा राखे ।

एक सयभन्दा बढी देशका प्रमुख उपस्थित रहेको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालले जलवायु परिवर्तनको क्षेत्रमा भोगेको प्रभावको चर्चा गर्दै पर्वतीय क्षेत्रमा हिमनदी पग्लिनु समस्या नेपालको मात्र नभएर विश्वभरको लागि चुनौती रहेको बताए । उनले नेपालमा हिमनदी पग्लिदा समुद्रको सतह बढ्ने र टापु देशहरुको अस्तित्व नै संकटमा पर्ने बताए ।

प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्तिले विश्वका नेताहरुको समेत ध्यानार्कषण गरेको थियो । प्रधानमन्त्री देउवा नोभेम्वर १ र २ तारिख ग्लास्गोमा रहदाँ साइडलाइन वार्ताहरुलाई प्रभावकारी बनाउन सशक्त रुपमा प्रस्तुत भए ।

प्राप्त अवसरहरुलाई पूर्णरुपमा सदुपयोग गरे। उमेरले ७५ नाघेका देउवाले भ्रमणको क्रममा अमेरिकी राष्ट्र प्रमुख वाडेन, बेलायत प्रधानमन्त्री बेरिस जोन्स्न, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका महाशक्ति राष्ट्रप्रमुख समक्ष देशमा भएका जलवायुसम्बन्धी समस्यालाई उच्च आत्मविश्वासका साथ प्रस्तुत गरेका थिए ।

देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीबीच गत मंगलवार ग्लास्गोमा गरेको द्धिपक्षीय भेटवार्ताले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । दुई प्रधानमन्त्रीबीचको भेटवार्ताले दार्चुलाको तुइन प्रकरण, लिम्पियाधुरा सीमाविवाद लगायतका कुटनीतिक तथा राजनीतिक विषयमा व्यापक छलफल गरेर अघि बढ्न दुबै मुलुकलाई थप सहज भएको छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्