Logo
Logo

जहाँ तिहार मनाउन भ्याउँदैनन्



रुकुम पूर्व । तिहारको यमपञ्चक सुरु भइसके पनि यहाँका घरमा न सेल रोटी पाकेका छन्, न त देउसीभैलोको रमझम नै देखिन्छ । बुधबार कुकुर पूजा पनि गरिएन । यहाँ दिदीबहिनी दाजुभाइकोमा जाँदैनन्, न दाजुभाइ नै आउँछन् । पुथाउत्तरगंगा गाउँपालिकाको मैकोट तिहारका बेला कामकाजमै व्यस्त छ ।

खासमा यहाँ तिहार मनाउने चलन नै छैन । धर्म फरक भएर वा आस्था नभएर नमनाइएको भने होइन । परम्परादेखि नै यहाँका बासिन्दा पर्व मनाइँदैन । अन्य दिनमा जस्तै तिहारमा पनि उनीहरू नियमित कामकाजमा व्यस्त रहन्छन् ।

यस क्षेत्रका सर्वसाधारणको यो समय भनेको कामकाजको हो । बाली भित्र्याउने तथा लगाउने समय हो । बारीको घाँस काट्ने, सुकाउने र सुकेपछि बाँधेर राख्ने काममा सबै व्यस्त हुन्छन् । गहुँ, जौं लगाउने तथा लेक वा जंगलतिर लगिएका बस्तुभाउ बेंसी झार्ने काममा मैकोटी जुटेका छन् ।

यसो नगरेपछि आफैंले दुस्ख पाइने गाउँले बताउँछन् । यसैले हरेक वर्षको यस समय मैकोटीका लागि काम गर्ने विशेष समय हो । कामकाजमा व्यस्त भइने हुनाले यहाँ तिहार मान्ने चलन छैन । पहिल्यैदेखि तिहार मनाउने चलन नभएपछि मैकोटीलाई यस पर्वको रौनक पनि नभएको हो ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्