Logo
Logo

मनपरी भाडा असुल्दै निजी एयरलाइन्स



मुगु । जिल्लाको रारा विमानस्थलमा निजी एयरलाइन्सले कार्गोको नाममा प्रतियात्रु १२ हजार रुपैयाँ भाडा लिएको पाइएको छ ।

नेपालगन्जदेखि मुगु आउन यात्रु नभएको र खाली जहाज बोलाउनु परेको भन्दै दुबै तर्फको भाडा जोडेर १२ हजार उठाउन थालेपछि यात्रु मारमा परेका छन् ।

रारा विमानस्थलमा नेपालगन्ज झर्न यात्रु तारा एयरलाइन्सको जहाजमा पस्दै तस्बिर : राजबहादुर शाही/कान्तिपुर

पहिले उक्त निजी एयरलाइन्सले मुगुदेखि नेपालगन्ज जान प्रतिव्यक्ति ६ हजार ५ सय भाडा लिने गरेका थिए ।

रारा विमानस्थलमा निजी एयरलाइन्सले प्रतिव्यक्ति १२ हजार भाडा असुलेर उडाउने गरेको रोयल कन्ट्रसनका मेनेजर रवीन्द्र स्वाँरले बताए । विमानस्थलमा एयरलाइन्सले मनपरी भाडा असुल्दा प्रहरी प्रशासन मौन बसेको उनको आरोप छ ।

अर्कोतिर टिकट वितरणमा पनि निजी एयरलाइन्सले मनपरी गर्न थालेपछि सर्वसाधारण र बिरामीलाई हवाई टिकट पाउन सास्ती भएको छ ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्