Logo
Logo

जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुनुपर्छः ओली


756
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपाल सम्बत् ११४२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुनुपर्ने बताएका छन् ।

शुभकामना सन्देश जारी गर्दै ओलीले भनेका छन्, ‘राष्ट्रको समृद्धिको यस अभियानमा गरिएका विभिन्न खाले अवरोधलाई सचेतता पूर्वक परास्त गर्दै राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु।’

ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई शंखधर साख्वाःले ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाएको दिनलाई प्राचीनकालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको ओलीले जनाएका छन् ।

नेपाल सम्बत् ११४२ को यस सुखद् अवसरमा काठमाडौं उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्बत्का प्रवर्तक शंखधर साख्वाःको ओलीले स्मरण गरेका छन्।

‘बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको छ,’ओलीले भनेका छन्,‘यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझापूँजीका रुपमा अङ्कित छन्।’

प्रतिक्रिया दिनुहोस्