
काठमाडौं । आज नेपालमा खासै उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना महाशखाले जनाएको छ ।
बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै राति प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ भने अन्य भूभागमा आंशिक बदली रहने छ । यस्तै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।














