Logo
Logo

‘मैले देखेको कतार’ नामक पुस्तक विमोचन



काठमाडौं । कतारलाई कर्मथलो बनाउँदै आएका प्रो. मोहम्मद रमजान अली मियाँको ३७औं पुस्तक ‘मैले देखेको कतार’ सार्वजनिक भएको छ ।

उपराष्ट्रपति भवन हरितगृह लैनचौरको सभाहलमा आयोजित एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तक बिमोचन गर्दै उपराष्ट्रपति पुनले पुस्तकमा लेखकले नेपाल र कतारको बिस्तृत इतिहास, कतारमा नेपालीजनको इतिहास, कुटनैतिक, आर्थिकलगायतको सम्बन्धहरु र नेपाली कामदारले कतारलाई समृद्द बनाउन गरेको योगदानहरुको चर्चा गरेकोले कतारबारे जान्न चाहनेलाई यो पुस्तक अति उपयोगी हुने बताए ।

आफ्ना नेपालीहरुले निर्माण गरेको आधुनिक र समृद्ध कतारको वास्तविकता लेखकले पुस्तकको ३ खण्डमा उजागर गरेकोसमेत उपराष्ट्रपति पुनले बताउनु । नेपाली श्रम र पसिनाले निर्मित कतार हेर्न आफू पनि इच्छुक रहेको उपराष्ट्रपति पुनको भनाइ रहेको थियो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफू कतार गएको बेला लेखक मियाले राष्ट्रिय मानव अधिकार आयोगको हेल्प डेस्कमार्फत अन्याय र पीडामा परेका नेपाली श्रमिकहरुको उद्दार र सहयोग गरेको स्मरण गरे ।

मियाँ त्यहाँ नेपाली समाज प्रतिनिधि र अरबी भासाको विज्ञाका रुपमा परिचित छन । नेपाल–कतारबीच पुलको रुपमा कार्य गरिरहेका मियाबारे पूर्वमन्त्री एवं संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले यस पुस्तकले नेपाल–कतार मैत्रीपुर्ण सम्बन्धमा थप आयाम वृद्धि गर्ने बताए ।

पुस्तक नेपाल–कतार सम्बन्ध हेर्ने चस्मा हो– पुस्तकबारे टिप्पणी गर्दै ओमनका लागि पूर्व राजदुत शर्मिला पराजुली ढकालले भने– ‘लेखकले राजदूतको भूमिका निभाउनु भएको छ ।’ यस पुस्तकले नेपाली समुदाय र दूतावासको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयलाई उजागर गरेको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्