कोरोना संक्रमण घट्दो क्रममा « Drishti News – Nepalese News Portal
Logo

कोरोना संक्रमण घट्दो क्रममा


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो समयमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण घट्दो क्रममा रहेको छ ।

पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन विधिबाट कूल तीन हजार ९३२ को नमूना परीक्षण गर्दा १३९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कूल सङ्क्रममितको सङ्ख्या आठ लाख १४ हजार ४१७ पुगेको छ ।

सो अवधिमा ६४९ सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार १४४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्