Logo
Logo

पसिना : फिल्म चल्नुअघि सम्मान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ बैशाख । नेपाली फिल्म ‘पसिना’ टिमले ‘पसिना बिषयक अन्तरक्रिया तथा सत्कर्ममार्गी सम्मान’ कार्यक्रम गरेको छ । फिल्म रिलिजको पुर्वसन्ध्यामा विभिन्न कलाकारलाई सम्मान गरेको हो । यो फिल्म भोली शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।
कार्यक्रममा फिल्मबारे जानकारी गराउँदै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । पुर्वमन्त्री तथा समाजसेवी भद्रकुमारी घलेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा फिल्मका कलाकार तथा अन्य समाजका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
फिल्मका प्रमुख कलाकार सरोज खनालले कार्यक्रममा बोल्दै ‘पसिना’ जस्ता विषयका फिल्म निर्माण हुनु आवश्यक रहेको बताए । समाजमा नकारात्मक कुराहरुले बढी स्थान पाइरहेको भन्दै उनले सकारात्मक बिषयले पनि स्थान पाउनुपर्ने बताए ।
फिल्मका निर्माता शान्ता ढकाल र अर्का निर्माता इन्जिनियर सञ्जय महतोले आफूहरु पनि मजदुर भएकाले मजदुरको कथामा ‘पसिना’मा लगानी गरेको दावी गरे ।
कार्यक्रममा निर्देशक आरबि शरदले फिल्म निर्माणमा सहयोग गर्नेहरुलाई धन्यवाद दिए । उनले ‘गरौँ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा फिल्मले बोकेको बताए ।
फिल्म ‘पसिना’मा सरोज खनाल,अनु शाह, धुर्व कोइराला, रबि गिरि, गौरब पहाडी, सुरजनी केसीलगायतको अभिनय रहेको छ । फिल्ममा राम केसीको छायाँकन, राजनराज शिवाकोटी, दिपक शर्मा र थिरज राईको संगीत, नविन निरौलाको सम्पादन, शिव विक र राजिव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।

प्रतिक्रिया दिनुहोस्