Logo
Logo

कांग्रेसले तोक्यो १३ जिल्लामा निर्वाचन अधिकृत


1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा निर्वाचन अधिकृत तोकेको छ । कांग्रेसले वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन गराउन निर्वाचन अधिकृत तोकेर पठाएको हो ।

प्रदेश २ का ८सहित बाँके, डोल्पा, कैलाली, सुर्खेत र रसुवामा विवादका कारण वडा अधिवेशन हुन बाँकी थियो । कात्तिक २७ गते ती जिल्लामा वडा अधिवेशन हुने कांग्रेसले जनाएको छ ।

यी हुन् जिल्ला निर्वाचन अधिकृतहरु
सप्तरीःडा. रुद्र शर्मा
सिरहाः सन्जीव लामा
धनुषाः अरुण ज्ञवाली
महोत्तरीः इन्द्र अधिकारी
सर्लाहीः विनोद कार्की
रौतटहः दिपकराज गिरी
पर्साः नरेन्द्र केसी
बाराः ज्ञानेन्द्रप्रसाद अधिकारी
कैलाली, टेकप्रसाद सुवेदी
बाँके, रेवतीरमण भट्टराई
सुर्खेत,मदन रेग्मी
रसुवा, सुमन कुमार केसी
डोल्पा, कुमार श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्