प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर प्रदर्शन « Drishti News – Nepalese News Portal
Logo

प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर प्रदर्शन


दृष्टि संवाददाता


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनबाट वकिलहरूले कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

बारबाट सर्वोच्च अदालत प्राङगणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम छ । बारको नेतृत्वमा वकिलहरूले तिहारअघिसम्म विरोध कार्यक्रम गरेका थिए । तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको बारले आज प्रदर्शनलाई निरन्तरता दिएको हो ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधमा उत्रिएको हो ।

बारको यही कात्तिक १२ गते बसेको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । जबराले भने अहिलेसम्म पनि राजीनामा दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्