Logo
Logo

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता


रामेछाप, २६ वैशाख । रामेछाप जिल्लाको मन्थलीस्थित पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय बालक चोककुमार श्रेष्ठको ज्यान गएको हो ।
पुरानागाउँको अँगेरीपानीबाट खुरबेँसी जाने क्रममा बा५१प ६३६५ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक लामाको घटनास्थलमै र बालकको उपचारका लागि ल्याउने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकल सडकबाट एक सय मिटर तल खसेको थियो । पुरानागाउँको छापखानी खोला तरेर उकालो बाटोतर्फ जाँदैै गरेको मोटरसाइकल अनियन्त्रित भई खोलामा खसेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्