Logo
Logo

साहित्यकार दिलीप योञ्जनको एकल पहलमा तामाङ संग्रालय निमार्ण गरिने



काठमाडाँै । तामाङ समुदायको इतिहास, धर्म, संस्कृति साहित्य संगीत र कलालाई संकलन गरी राख्न काठमाडौँ–१६ नागार्जुन चोकमा कुल–पासाङ तामाङ पुस्ताकालय तथा सङ्ग्राहलय निमार्ण गरिने भएको छ । साहित्यकार तथा समाजसेवी दिलीप तामाङ र उनको परिवारको पहलमा तामाङ पुस्ताकालय र संग्रहालय सञ्चालन गरिने भएको छ ।

सबै तामाङहरूलाई आवश्यक्ता अनुसार अध्यान र अनुसन्धान गर्न सजिलो होस् भन्ने सोचले तामाङहरूको लेख र अनुसन्धान संकलन गरी अभिलेख राख्ने सोचले अभियान सुरू गरेको साहित्यकार योञ्जनले बताए । तामाङ समुदायभित्रको अहिलेसम्म व्यवस्थित अभिलेखीकरण नभएको हुँदा तामाङ जातिको इतिहास, संस्कार, संस्कृतिलागयत सबै कुरा प्रमाणको अभावमा अबको पिँढीले बिर्सँदै गएको हुँदा र राज्यको कुनै त्यस्तो अभिलेख पनि यी जाति विषेश नभएको हुँदा उक्त कामको थालनी गरिएको हो । यस पुस्ताकालय तथा संग्रहालयले तामाङहरूको पोशाक, बाजा र ऐतिहासीक पहिचानसँग सम्बन्धित कुनै पनि कुरा तथा सामान संकलन गरिने भएको छ । तामाङ समुदायका बारेमा भएका पुराना दस्तावेज र तामाङ समुदायभित्रको लिपिलाई समेत संकलन गरिने उनले बताए ।

संसारभरि छरिएर रहेका तामाङहरूको लेख रचना, इतिहास, साहित्य, अडियो भिडियो, सिडी क्यासेट र किताबहरू पठाइ पुस्तकालय निर्माणका लागि सहयोग गर्नसमेत उनले आग्रह गरे । पुस्ताकालय तथा संग्रहालय सबैको पहुँचयोग्य हुने भएकाले पनि तामाङ समुदायभित्रको कला र संस्कृतिलाई आम नागरिकसम्म पुयाउने लक्ष्य राखिएको छ ।

तामाङहरूको साहित्य र खोजमूलक लेख रचना प्रकाशन गर्ने र आवश्यक विधामा पुरस्कृत गरी नयाँ पुस्तालाई तामाङ जातिको सम्पूर्ण पक्षका बारेमा थप गहन अध्ययन लिश्लेषण गर्ने उत्प्रेरणाको सोचले यो पुस्ताकालय तथा संग्रहालयको सुरूआत गरिएको हो ।

तामाङहरूको इतिहास, धर्मकर्म र साहित्यको संरक्षण वा अभिलेख राख्ने उद्देश्यले यसको सुरूआत गरिएको हो । हरेक वर्ष यस पुस्ताकालयले तामाङहरूले गरेका साहित्य, संस्कृति, इतिहास र अन्य कार्यको मूल्यांकन गरी हौसला बढाउन पुरस्कारको समेत व्यवस्था गरिने भएको छ । हरेक वर्ष संसारभरिका तामाङहरूको साहित्य र खोजमूलक लेख रचनाहरू संकलन गरी वार्षिक प्रकाशन गरिनेछ र यसमा सबै विधालाई समेटिने ।

आफनै पहलमा र व्यवस्थित ढंगबाट पुस्तकालय सञ्चालन गर्नका लागि आफनै खर्चमा सो कार्य गर्ने साहित्यकार योञ्जनले बताए । कला, संस्कृति र सम्पदालाई आफ्ना सन्ततिसम्म जोगाएर आम तामाङ समुदायको कलालाई स्वदेश तथा विदेशसम्म पु¥याउनका लागि आफूले पुस्तकालय एवं संग्रहालयका साथै बेवसाइटसमेत सञ्चालन गरेर प्रविधिको पहुँचमा पुस्तकालय पु¥याउने उनले बताए । सबैको लेख रचनाको जानकारी संसारभरिबाट इन्टरनेटको माध्यमबाट सबैलाई सजिलै पहुँचयोग्य बनाइनेसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्