Logo
Logo

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन स्वतन्त्र कानुन व्यवसायीको माग


8.2k
Shares

काठमाडौं । स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीमा आबद्ध वकिलहरुले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालावन्दी गर्ने चेतावनी दिएका छन् ।

प्रधानन्याधिशको राजीनामा माग गर्दै नेपाल बारले गरेको आन्दोलन अपूर्ण भएको भन्दै उनीहरुले मंगलबार बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालावन्दी गर्ने चेतावनी दिएका हुन् ।

प्रधानन्यायाधीशले राजीनामा दिने भन्दा पनि महाअभियोग लगाएर कारबाही गर्नुपर्ने उनीहरुको भनाई छ । बारको आन्दोलन अपूर्ण रहेको भन्दै पूर्ण बनाउन लागि मंगलबारबाट तालावन्दीसहित विरोध गर्ने स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानका महासचिव कृष्ण प्रसाईले बताए ।

उनीहरुले न्यायालयमाथिको राजनीतिक हस्तक्षेपको विरोधमा संघर्ष जारी रहने जनाएका छन् । यसअघि पनि उनीहरुले सेतोपट्टी बाधेर प्रधानन्यायधिशको राजीनामाले मात्र समस्या समाधान नहुने बताउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्