काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्व आन्दोलनमा रहेका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने भएका छन् ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा रहेका प्रधानन्यायाधीशसँगको संयुक्त इजलासमा नबस्ने र बन्दी प्रत्यक्षीकरण बाहेकको मुद्दा पनि नहेर्ने निर्णय गरेका हुन् ।
प्रधानन्यायाधीश जबराले सोमबार आफू समेतको इजलास तोकेका थिए । न्यायाधीशहरुको उक्त इजलास प्रति पनि असन्तुष्टि जनाएका छन् ।
यसअघि आन्दोलनरत न्यायाधीशहरूसँग प्रधानन्यायाधीशले आफूलाई इजलास नतोक्ने सहमति जनाएका थिए । तर, प्रधानन्यायाधीशले सोमबार आफू सम्मिलित इजलास तोकेपछि न्यायाधीशहरुले असन्तुष्टि जनाएका हुन् ।











