भिरबाट लडेर महिलाको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

भिरबाट लडेर महिलाको मृत्यु


दृष्टि संवाददाता


बैतडी । खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवर रहेकी छिन् ।

घर नजिकैको गोठाखोला भिरमा खर काटिरहेका बेला लडेर कुँवरको घट्नास्थलमै मृत्यु भएको स्थानीय प्रेमसिंह कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्