
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले सरकार सञ्चालनमा सहयोग गर्ने उदेश्यसहित ११ सदस्यीय समन्वय समिति गठन गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलको बैठकले समन्वय समिति गठन गरेको हो ।
यसअघि गठबन्धनमा शीर्ष नेताहरुबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल भएको थियो । तर, गठबन्धनकै नेता कार्यकर्ताबाट बिरोध भएपछि समन्वय समिति मात्र गठन गरिएको हो ।
समितिमा सत्तारुढ गठबन्धनका सबै दलबाट २–२ जना सदस्य रहनेछन् भने सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।
समितिमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला सदस्य तोकिएका छन् भने माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल रहेका छन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)बाट उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेका छन् ।











