Logo
Logo

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक ललितपुरमा


3.1k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा बस्ने भएको छ ।

देशैभर संगठन विस्तार भइरहेको अवस्थाबारे समीक्षा हुने उक्त बैठकमा केन्द्रीय नेताको जिम्मेवारीअनुसार कार्यप्रगति, आगामी दिनमा पार्टीले सञ्चालन गर्ने राजनीतिक गतिविधि तथा अभियान, मुलुकको समसामयिक राजनीतिक अवस्थाकाबारे छलफल, वर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिने प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

ललितपुर, सानेपास्थित हेरिटेज गार्डेनमा २७ गते बिहान ११ बजे पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ​

बैठकमा केन्द्रीय कमिटीका सदस्यहरु र केन्द्रीय आयोगका सदस्यहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्