संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव नेतृत्वको टोली काठमाडौँमा « Drishti News – Nepalese News Portal
Logo

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव नेतृत्वको टोली काठमाडौँमा


दृष्टि संवाददाता


काठमाडौं । संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिस्टियन सौन्देर्सको नेतृत्वमा रहेको टोली यहाँ आइपुगेको छ । राष्ट्रसङ्घद्वारा हरेक चार चार वर्षमा दिइने सोधभर्ना दरको समीक्षा र निरीक्षण गर्न उक्त निरीक्षण टोली आएको हो ।

सौन्देर्स नेतृत्वको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सीताराम खड्काले स्वागत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सहायक महासचिव सौन्देर्सले आजै प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटघाट गरेका छन्।

उनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण समेत गर्नेछन् । रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग सहायक महासचिवको नेतृत्वको टोलीले शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्