Logo
Logo

साँस्कृतिक कूूटनीतिमा राजदूत



काठमाडौं । फरक देश, धर्म र संस्कार भए पनि नेपालमा रहेका विदेशी राजदूत तथा कूटनीतिक व्यक्तित्वले यहाँका प्रमुख चाडपर्वमा आफैँ रमेर अनुभव सँगाल्ने गर्नुभएको छ । पछिल्लो समय विशेषतः दशैँ, तिहारजस्ता नेपालीका महत्त्वपूर्ण चाडमा नेपालस्थित विभिन्न देशका राजदूतले विविध कार्य गरेर नेपालीको ध्यानाकर्षण गर्ने प्रयास गर्दै आउनुभएको छ ।

चाडकै अवसर पारेर कपितय राजदूतले नेपाली भाकाको गीत गाउँदै शुभकामना दिने त कतिपयले नेपाली सङ्गीतमा नृत्यसहितको सन्देश पस्कँदै आएको पाइएको छ । घरपरिवारबाट टाढा विदेशी भूमिमा रहँदा त्यहाँको सामाजिक संस्कार, संस्कृति तथा धर्मसँग जोडिएका चाडपर्वसँग साक्षात्कार गर्न उहाँहरूले भुुल्नुभएको छैन ।

असोज र कात्तिक महिनामा पर्ने नेपालको मुख्य पर्व वडादशैँ र तिहारको अवसरमा नेपाली नागरिक र सरकारलाई शुभकामना दिनेमात्र हैन, नेपाली कला, संस्कार र संस्कृतिमा साथै रमाउने भूमिका पनि कूटनीतिक व्यक्तित्वले गर्नुभयो ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्