Logo
Logo

कोभिड खोप गाडीभित्रै



केन्द्रीय आधुनिक खोप भण्डार केन्द्र बनाउन जग्गा छुट्याए पनि भवन नबन्दा टेकुस्थित स्वास्थ्य विभाग परिसरमा खोप राखिएको रफ्रिजेरेटर जडित गाडी । तस्बिर : प्रशान्त माली/कान्तिपुर

काठमाडौं । चीनबाट पछिल्लो पटक आएको भेरोसेल खोप राजधानीको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा गाडीमै थन्किएको छ । बुधबार आएको १६ लाखमध्येकै खोप रेफ्रिजेरेटर जडित गाडीमा छ भने एक साताभित्रै थप ३० लाख डोज ल्याउने तयारी छ ।

राजधानीमा केन्द्रीयस्तरको अत्याधुनिक र सातै प्रदेशमा खोप भण्डार केन्द्र बनाउन सरकारले २०७६ कात्तिकमै प्रक्रिया सुरु गरेको थियो । राजधानीको टेकुसहित बाराको पथलैयामा केन्द्रीयस्तरको र विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा प्रदेशस्तरको भण्डार केन्द्र बनाउने भनिएको थियो ।

टेकुस्थित स्वास्थ्य विभाग परिसरमा दुई वर्षमा सक्ने गरी ८ करोड ४० लाख २० हजार रुपैयाँ बजेटमा भण्डारण केन्द्र बनाउन २०७६ फागुनमा कौशल बस्नेत र कुँवर जेभीले ठेक्का पाएका थिए । तर, डेढ वर्ष बितिसक्दा जगसमेत खनिएको छैन । राजधानीबाहिर भौतिक संरचना सम्पन्न भए पनि ‘कोल्ड चेन’ जडान भएका छैनन् । उपत्यकाबाहिर कोल्ड चेन जडानको जिम्मेवारी खोपसम्बन्धी विश्वव्यापी सञ्जाल (गाभी) को सहयोगमा युनिसेफले लिएको विभागले जनाएको छ ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्